You are viewing the translated version of दरखास्त उपर कारबाही.
Section 14
दरखास्त उपर कारबाही
(१) दफा १२ बमोजिम पर्न आएको दरखास्त उपर प्रदेश कानून बमोजिम तोकिएको निकायले त्यसरी पेश भएको योग्यता सम्बन्धी प्रमाणपत्र र उपाधि मान्यता प्राप्त हो होइन र दरखास्त रीतपूर्वक छ छैन भन्ने कुरा समेत जाँचबुझ गरी प्रदेश कानूनले तोकेको अवधिभित्र दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गर्ने नगर्ने कुराको निर्णय गर्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्रदेश सरकारको सम्बन्धित निकायले दरखास्तवालाको नाम दर्ता हुने निर्णय गरेकोमा त्यस्तो दरखास्तवालाको नाम दर्ता किताबमा दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम दरखास्तवालाको नाम दर्ता नगर्ने निर्णय गरेकोमा प्रदेश कानूनले तोकेको कुनै निकायले त्यसको जानकारी दरखास्तावालालाई दिनु पर्नेछ।